क्याम्बोडियाले अनलाइन स्क्याम र अवैध गतिविधिमा संलग्न व्यक्तिहरूका लागि कडा कानुन लागू गरेकोले नेपालका अधिकारीहरूले त्यहाँ रहेका र जान चाहने नेपाली नागरिकहरूलाई सचेत गराएका छन्। #Cambodia #OnlineScam #LegalAction

www.bbc.com
क्याम्बोडिया रोजगारी : नेपालीलाई अधिकारीहरूले सचेत गराउनुको कारण - BBC News नेपाली
क्याम्बोडियाले 'अनलाइन स्क्याम'लगायत अवैध गतिविधिमा संलग्न हुने व्यक्तिहरूविरुद्ध कडा कानुन लागु गरेसँगै नेपाली अधिकारीहरूले त्यहाँ रहेका र जान खोज्ने नेपाली नागरिकहरूलाई सचेत गराएका छन्।
थाईल्यान्डको ब्याङ्ककस्थित नेपाली दूतावासका नियोग उपप्रुमख मोतीबहादुर श्रीसका अनुसार कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र दुई वर्षदेखि आजीवन कैदसम्मको सजाय हुने व्यवस्थासहित क्याम्बोडिया सरकारले गत सातादेखि नयाँ कानुन कार्यान्वयनमा ल्याएको हो।.